२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा, घाइतेको अवस्थाबारे जानकारी 

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते १४:५४
गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा, घाइतेको अवस्थाबारे जानकारी 

काठमाडौँ : गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेका छन् ।

उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे  बुझ्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी  हुन्  ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

घाइतेहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा ल्याएर उपचार गरिएको छ । घाइतेको अवस्था बुझ्न आज गृहमन्त्री लेखक,भारतीय राज्यमन्त्री खडसे,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका उच्च अधिकारी अस्पतालमा पुगेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise