२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते १५:५१
टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे आज ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गरेका हुन् ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही-घोराही-तुल्सीपुर सडक विस्तारका काममा  सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise