२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते १७:०३
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

काठमाडौं : स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

‘आत्मनिर्भर नेपाल अभियान’ अन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन् । यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडिबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । 

सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवम् सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउन प्रदर्शनी आयोजना गरिएको बताए ।  उनले भने, “उत्पादन वृद्धि गरेर आत्मनिर्भरमात्र होइन सम्भावना भएसम्म निर्यात पनि गरौं भनेका हौं ।”

स्वदेशमा सम्भावना र उत्पादन भएका वस्तुलाई प्रवर्द्धन गर्न, उत्पादन गरेका वस्तुको बजार खोज्न, उत्पादन गर्ने प्रविधि विकास गर्न र प्रविधि तथा बजार हुँदाहुँदै पनि नीतिगत समस्या छ भएमा पनि पहल गर्न यो प्रयास गरिएको सांसद पराजुलीले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनको बजारीकरणमा एवम् उद्यमीलाई प्रोत्साहन समेत हुने अपेक्षा लिइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise