२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डोल्पाका स्थानीय तह स्वमूल्यांकन : काइके पहिलो र ठूलीभेरी अन्तिममा

ADV
पुर्ण कुमार
२०८१ भदौ ८ गते २१:३८
डोल्पाका स्थानीय तह स्वमूल्यांकन : काइके पहिलो र ठूलीभेरी अन्तिममा

डोल्पा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार डोल्पाका आठ स्थानीय तहमध्ये काइके गाउँपालिका अब्बल सावित भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन अनुसार काइके अब्बल सावित भएको हो ।

प्रतिवेदनअनुसार काइकेले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकामध्ये उच्चतम ८३.२५ अंक प्राप्त गरेको छ । काइके पछि–पछि दोस्रो स्थान हासिल गरेको शे–फोक्सुण्डो गाउँपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । तेस्रो नम्बरमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाले ७९.७५ र चौथो स्थानमा रहेको मुड्केचुला गाउँपालिकाले ७९.५० अंक र पाँचौं स्थानमा रहेको जगदुल्ला गाउँपालिकाले ७८.५०अंक प्राप्त गरेको छ ।

डोल्पोबुद्ध गाउँपालिका ६९.७५ अंकसहित छैटौ, छार्का ताङसोङ गाउँपालिका ६४.५० अंकसहित सातौ र ठूलीभेरी नगरपालिका ५९.०० अंक अन्तिम आठौँमा रहेको छ । ठूली भेरीको अन्य पालिकाको तुलनामा अत्यन्तै खराब नतिजा हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्य प्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृयालाई आधार मान्दछ । यस्तै विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने अंक नतिजाका निर्धारक हुन् ।

उल्लेखित विषयमा स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्यांकनको प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट शुरु गरिएको हो । तर मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise