२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

७ वर्षमा नेपालबाट ३५ सय बढी विदेशी निष्कासित

ADV
अस्मिता बम
२०८१ भदौ ९ गते ०६:४५
७ वर्षमा नेपालबाट ३५ सय बढी विदेशी निष्कासित

काठमाडौं : नेपालमा चिनियाँ नागरिकले गर्ने कानून उल्लघंनको संख्या अन्य देशको तुलनामा धेरै रहेको पाइएको छ । 

अध्यागमन विभागका अनुसार पछिल्लो एक वर्षमा नेपालमा कानून उल्लघंन गरेको आरोमा चार सय सात जना विदेशी नागरिक निष्कासित भएका छन् । २०८० साल असारदेखि २०८१ साल असार मसान्तसम्म सरकारले चार सय सात जना विदेशी नागरिकलाई नेपालबाट निष्कासित गरेको छ । 

अध्यागमन विभागका अनुसार नेपालबाट निष्कासित हुने विदेशी नागरिकहरूमा चार सय सात जनामध्ये एक सय ७६ जना चिनियाँ नागरिक रहेका छन् । बाँकी अन्य देशका नागरिक रहेका छन् । 

विभागको तथ्याङ्क अनुसार विगत ७ वर्षको अवधिमा नेपालबाट तीन हजार पाँच सय ७७ जना निष्कासित भएका छन् । 

सन् २०२३ मा ४५९, सन् २०२२ मा ५७०, सन् २०२१ मा ३०८, सन् २०२० मा ३३२, सन् २०१९ मा ६७१, सन् २०१८ मा ६७८ र सन् २०१७ मा ५५९ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेको विभागको तथ्याङ्क रहेको छ ।

नेपालमा आएर अपराध गरी जेल सजाय भुक्तान गरेका, भिसा अवधि सकिएर पनि नेपाल बसेकाहरु निष्कासित भएका हुन् । गैरकानुनी रुपमा नेपाल आएकाहरू समेत यसमा पर्दछन् । 

एउटा प्रयोजनमा नेपाल आएर अरु नै गतिविधिमा संलग्न रहेकाहरू समेत निष्कासित भएका छन् । अध्यागमन कानुन उल्लंघनसहित लागूऔषध, यौन बन्यजन्तुको अवैध ओसारपसार, विद्युतीय अपराध, ठगी, गैरकानुनी रुपमा धर्मप्रचारप्रसार लगायतका आरोपमा पनि विदेशी नागरिकहरू सजाय भोगेर निष्कासित भएका छन् । यौन दुराचारलगायत गतिविधिमा विदेशी नागरिकको संदलग्नता रहेको समेत देखिन विभागका अधिकारीहरू बताउँछन् । 

भिसा अवधि सकिएपछि पनि गैरकानुनी रुपमा नेपाल बस्नेको संख्या समेत रहेको पाइएको छ । भिसा अवधि सकिएकालाई तोकिएको जरिवाना लिएर आफ्नै देश फकाइनु पर्ने कानूनी व्यवस्था छ । तर, भिसा शुल्क र फिर्ता हुँदा लाग्ने हवाई भाडाको जोहो नेपाल सरकारले गर्नुपर्ने बाध्यताले कतिपय विदशी नेपालमै बस्न बाध्य हुनुपरेको समेत अधिकारीहरू बताउँछन् ।

सम्बन्धित व्यक्तिल अध्यागमन कसुर गरेका तर ओभरस्टे बापत तिर्नुपर्ने जरिवाना जोहो नगर्दासम्म निगरानीमा राख्ने गरिएको छ । 

नेपालको कानून उल्लंघन गर्ने विदेशी नागरिकहरूमा चिनियाँसहित थाइल्याण्ड, रसिया, ब्राजिल, म्यानमार, भियतनाम, मंगोलिया, जोर्डन, इजरायल, जर्जिया, कतार, ओमान लगायतका देशका रहेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise