२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

देउवा निवास अगाडि भेटिएको शंकास्पद झोलाभित्र माटो !

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १०:३७
देउवा निवास अगाडि भेटिएको शंकास्पद झोलाभित्र माटो !

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र माटो भेटिएको हो ।

आइतबार बिहान देउवा निवासअगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोलाभित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

प्रहरीले नेपाली सेनाको टोली बोलाएर खोतल्दा त्यसभित्र माटो भेटिएको थियो । बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए ।यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise