२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १२:२४
भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना

काठमाडौँ : भारतमा नेपाली तीर्थयात्री बोकको बस दुर्घटना भएको छ । बिहारको समस्तीपुरमा आइतबार बिहान बस दुर्घटना भएको हो ।

बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो । बसमा ४३ यात्री सवार रहेको र उनीहरू देवघरतर्फ गइरहेका थिए ।

दुर्घटनामा परेको बस ना७ख ६४४६ नम्बरको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको बताइएको छ ।

ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको र दुर्घटनामा कम्तीमा ३५ जना तीर्थयात्री घाइते भएको जनाइएको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise