२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

समृद्ध नेपाल सुखी नेपाली भन्ने राजनीतिक दल नै सत्ता लिप्तमा केन्द्रित : पूर्वसांसद पुन

draupadi film
तिलु शर्मा पौडेल
२०८१ भदौ ९ गते १३:१३
समृद्ध नेपाल सुखी नेपाली भन्ने राजनीतिक दल नै सत्ता लिप्तमा केन्द्रित : पूर्वसांसद पुन

दोहा, कतार : अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पूर्वसांसद मिना पुनले 'समृद्ध नेपाल सुखी नेपाली' भन्ने नारा लगाउने पार्टी नै देश चलाउने भएपनि देशलाई सुखी, समृद्धिसहित विकासको बाटोमा नलगी सत्ता लिप्तमा केन्द्रित भएको आरोप लगाएकी छन् । कतार नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा दोहामा सम्पन्न बृहत् प्रगतिशील तिज कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो आरोप लगाएकी हुन् । समाजले तिज पर्वलाई लक्षित गर्दै बृहत् "प्रगतिशील तिज" कार्यक्रम शुक्रबार फुलबारी रेस्टुरेन्टमा आयोजना गरेको थियो । 

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी पुनले कतार आएर पनि दिदीबहिनीहरुसँग महान चाड तिज मनाउन पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमको शुरुवातमा राष्ट्रिय गान नबजाएकोप्रति मञ्चमा बोल्ने वक्ताहरुले उठाएको सवालको जवाफ दिँदै उनले राष्ट्रिय गान आफ्नो पार्टीले केवल सरकारी कार्यालय तथा कार्यक्रममा मात्रै बजाउने गरेको बताइन् । राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत तथा देश प्रेमले भरिएको संगीत रचना भएको हुँदा पार्टीगत कार्यक्रममा नबजाउने गरिएको उनले स्पष्ट पारिन् ।

तिज गीतलाई माध्यम बनाए राजनीतिक पार्टीले महिलाहरुलाई जागरुक बनाउँदै मुलुकमा लोकतन्त्र स्थापना गर्न, विकृति विसंगतीविरुद्ध, महिला सशक्तीकरण, महिला हक अधिकारको निम्ति ठूलो भूमिका खेलेको बताइन् । उनले तिज पर्वले विकृति विसंगती भित्र्याएको प्रति उनले चिन्ता व्यक्त गरिन् । कतार समृद्धि र विकाससहित अगाडि रहेको र श्रमिकको रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलेको उनले बताइन् ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले संस्थाले गर्ने कार्यक्रम केवल नाच्ने, गाउने, रमाउने भन्दापनि नेपाली मजदुर वर्गको हक अधिकारसहित महिलाहरुको सशक्तीकरणमा केन्द्रित हुनुपर्ने धाराण राखे । कार्यक्रममा एनआरएनए कतार, विभिन्न जिल्ला, प्रदेश, वैचारिक, पत्रकार महासंघलगायतका उपस्थित संघ संस्थाका प्रतिनिधिले तिज पर्वको शुभकामना मन्तव्यसाहित आफ्नो राय तथा सुझावहरु राखेका थिए ।

कार्यक्रममा रक्तिम सांस्कृतिक परिवार कतारका कलाकारहरु खगेश्वर भुसाल, विमल भुसाल, हिरा शर्मा, श्रवण मल्ल, कुमारी काउछा, बलदेव राना, बाबुराम पौडेल, दिल बहादुर विक, शान्ति राना, सुनिल बरायलीलगायतका कलाकारसहित कतारमा स्थापित कलाकारहरुको रक्तिमले प्रेरित गीत संगीतसहित थुप्रै नेपाली मौलिक तिज गीतमा आफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष राम प्रसाद पराजुलीले कतार नेपाली एकता समाज सधैं नेपाली मजदुरको हक, हितको पक्षमा लडिरहेको बताए । पराजुलीले पासपोर्ट बनाउनका लागि नै केही दलालले ४-५ सय कतारी रियल लिने गरेको सूचना प्राप्त गभएको बताउदै यदि त्यस्तो व्यक्ति कसैले चिनेको भए खबर गर्न आग्रह गरे । समाजकी महिला विभाग प्रमुख जानुका बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मिनराज पुनले सहजीकरण गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise