२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्केटिङ जोनका ग्राहकलाई घडीदेखि मोबाइलसम्म उपहार

ADV
कुलेन्द्र शाही
२०८१ भदौ ९ गते १४:२४
स्केटिङ जोनका ग्राहकलाई घडीदेखि मोबाइलसम्म उपहार

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा दुई महिना अगाडि सञ्चालनमा आएको ‘स्केटिङ जोन’ले आफ्ना एक जना ग्राहकलाई मोबाइल उपहार दिन लागेको छ । वीरेन्द्रनगर–१० खजुरास्थित इत्राम पुल नजिकै सञ्चालन भएको ‘द स्केटिङ जोन’ले सोमबार स्केट गर्न आउने आफ्ना ग्राहकहरुमध्ये एक/एक जनालाई मोबाइल र स्मार्ट घडी उपहार दिन लागेको हो । 

स्केटिङ जोनका सञ्चालक लोकजंग शाहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्केट गर्न आउने आफ्ना ग्राहकमध्ये एक जनालाई मोबाइल र स्मार्ट घडी दिन लागेको जानकारी दिए । ‘भोलि जन्मअष्टमी पनि भयो, त्यही अवसरमा टिकट काटेर स्केट गर्ने ग्राहकमध्ये एक/एक जनालाई गोलाप्रथा गरेर घडी र मोबाइल दिन लागेका हौं,’ उनले भने, ‘हामीले यसभन्दा पहिले पनि गोलाप्रथाद्धारा मोबाईल उपहार दिइसकेका छौं ।’ 

गत साउन २ गते गोलाप्रथाद्वारा सुर्खेतकी शर्मीला गुरुङलाई मोबाइल, भदौ ४ गते प्रनित केसीलाई मोबाइल र रोनित नेपालीलाई घडी प्रदान गरिएको थियो । ठूलो राशिको नभएपनि स्केट गर्न आउने ग्राहकलाई मनोरञ्जन स्वरुप उपहारको व्यवस्था गरेको सञ्चालक शाहीको भनाइ छ । ‘खेल खेलौं स्वस्थ जीवन बिताऔं’ भन्ने उद्देश्यले खजुरामा सञ्चालन आएको स्केटिङ जोनले छोटो समयमै धेरै ग्राहकहरुको मन जित्न सफल भएको शाहीको दाबी छ ।

उनले स्केटिङ जोनमा ग्राहकका लागि सेवा तथा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय सुर्खेतमा यो खेल युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेल मनोरञ्जनका साथै शारीरिक र मानसिक रुपमा पनि राम्रो मानिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise