२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ’

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १७:५३
‘गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ’

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक एवं धार्मिक पर्व गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्व २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याउने बताए ।

“सुदूरपश्चिममा विशेष महत्वकासाथ परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “यसपर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्दछु ।”

उनले सन्देशमार्फत गौरा पर्वका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि सुस्वास्थ्य एवं दीर्घायु तथा प्रगतिको कामना गर्नुभएको छ । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा शनिबारदेखि शुरु भएको छ । पञ्चमीदेखि शुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइएर मनाइएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise