२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आज महिला नेतृ मंगलादेवी सिंहको २८औँ स्मृति दिवस

ADV
मध्यान्ह
२०८१ भदौ १० गते ११:००
आज महिला नेतृ मंगलादेवी सिंहको २८औँ स्मृति दिवस

काठमाडौँ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मंगलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका छन् । 

मंगलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मंगलादेवीको सालिकमा माल्यार्पण गरेका हुन् ।  सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताए ।  उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे । 

कार्यक्रममा मंगलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मंगलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए ।

 महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise