२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै

Nada
२०८१ भदौ १० गते १२:३५
Shares
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । 

गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । उनले भने, “बस निकाल्ने काम भइरहेको छ, हालसम्म सफल भएका छैनौँ । बिहान १० बजेसम्मको समय निर्धारण गरिएकामा बस निकाली नसकिएकाले अझै दुई घण्टा सडक सञ्चालन गर्न सक्ने अवस्था छैन ।”

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर