२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

महिला, बालबालिका तथा सामाजिक न्याय समितिद्वारा खेलकुद विधेयक पारित

Nada
२०८१ भदौ १० गते १७:०४
Shares
महिला, बालबालिका तथा सामाजिक न्याय समितिद्वारा खेलकुद विधेयक पारित

जनकपुरः मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले गरेको छ ।

ncell

समितिका सभापति रूपा यादवको अध्यक्षतामा आज जनकपुरधाममा उक्त विधेयकमाथी दफावार छलफल भएको थियो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगितालगायत विषय समावेश गरिएको छ । 

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानूनी व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । सोमबार बिदाका दिन भए पनि विधेयकको महत्वलाई दृष्टिगत गरी छलफल गरिएको समितिकी सभापति यादवले बताए ।

बैठकमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवीको सहभागिता रहेको थियो । विधेयक गत वर्ष छलफलका लागि समितिमा पठाइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर