२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सहकारी पीडितको बचत फिर्ता गर्न माग

Nada
२०८१ भदौ १० गते १७:३२
Shares
सहकारी पीडितको बचत फिर्ता गर्न माग

काठमाडौंः सहकारी पीडित बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा अभियानकर्मीले जोड दिएका छन् ।

ncell

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो । 

महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।

महासङ्घका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन शुरू गरेको १०१ औं दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।

ताजा खबर

सम्बन्धित खबर