२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

त्रिपरासुन्दरी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

ADV
पुर्ण कुमार
२०८१ जेठ २८ गते २०:१४
त्रिपरासुन्दरी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सोमबार नगरपालिकाको आयोजनामा नगरपालिकाको प्रशासकीय भवनमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकोे हो  । कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरिएको थियो । 

सार्वजनिक सुनुवाइमा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधाको बारे जानकारी गराइएको थियो । 

यस्तै सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार, आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारणप्रति सेवा प्रदायक निकायबाट भए/गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम नगरपालिकाभित्रका विषयगत शाखाहरुले आमसर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरिएको हो । 

कार्यक्रममा नेपाली कांग्रेस डोल्पाका महासमिति सदस्य गौरीशंकर उपाध्यायले विधि प्रक्रिया पूरा गर्नको लागि मात्रै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको आरोप लगाए । 

त्यस्तै नेकपा माओवादी केन्द्र डोल्पाका अध्यक्ष धर्मजित बोहोराले नगरपालिका योजना विकाशमा गम्भीर हुन आवश्यक रहेको भन्दै सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन आवश्यक रहेको बताए ।

सबै सरोकारवाला निकाय जनताप्रति जवाफदेही रही सञ्चारकर्मीले समेत आफ्नो काम, कर्तव्य प्रति निष्ठावान रूपले जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यक रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए । 

सार्वजिक सुनुवाइमा नागरिकको उपस्थिति कम हुनु चिन्ताको विषय रही आगामी दिनमा कार्यक्रम स्थानीयको घर दैलोमा गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । 

उता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकायले वर्षमा एक पटक मात्र नभइ ३ पटकसम्म सार्वजनिक सुनुवाइ गरी जनतालाई पारदर्शी गराउनुपर्नेमा जोड दिए । 

नगर प्रमुख जनचन्द्र रोकायले आफु नगरप्रमुखमा निर्वाचित भएदेखि नै नगरपालिकाको समृद्धि र विकासका लागि अहोरात्र खटिरहेको बताए । उनले भने‘नगरपालिकाको समग्र विकासमा आफु लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको काँधमा मात्र नभइ राजनीतिक दल, पत्रकार,सरोकारवाला निकाय सबैको साथ सहयोग आवश्यक छ ।’

त्यस्तै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले सुनुवाइका क्रममा उठेका सवालको जवाफ दिँदै नगरपालिकाको समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । कार्यक्रममा आगामी दिनमा यस्ता सार्वजनिक सुनुवाइ सम्बन्धिका कार्यक्रमहरु पारदर्शी हिसाबमा गाउँ–गाउँमा पुगेर सरोकारवालाको उपस्थितिमा मात्र सम्पन्न हुनुपर्ने स्थानीयले सुझाव दिएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise