२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दुईदिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

ADV
मध्यान्ह
२०८१ भदौ १० गते २०:५७
दुईदिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

बुटवल : रुपन्देहीमा ७ औं संस्करणको २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मञ्चले रूपन्देहीमा दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन गर्न लागेको हो । 

नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा टाइगर रिर्सोटमा हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रमको उद्धघाटन गर्ने छन् ।  देशभरका युवा उद्यमीहरूलाई जमघट गराएर एक आपसमा उद्यमशीलता विकास र नेतृत्वका विषयमा छलफल हुने नेपाली युवा उद्यमी मञ्च रूपन्देहीका अध्यक्ष रिसव झाले जानकारी दिए ।

भदौ १४ र १५ गते दुई दिन हुने कार्यक्रमको तयारी पूरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा द्धितीय उपाध्यक्ष अनिश कसौधनले बताए । डिजिटल युगमा नौलो र फरक सुविधासहित हाम्रो भविष्य बारे र हामीले कसरी आफ्नो घर,परिवार, साथीभाइ र वरिपरी तथा समाजमा कसरी उद्धमशिलता विकास कसरी गर्ने ?, उद्यमशिलतामार्फत समावेशिता बढाउन र हरेक सदस्यहरुसँग भएका फरक क्षमतालाई, विविध प्रतिभालाई, सानो–सानो काममार्फत र स–सानो लघु उद्यममार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे उद्देश्यका साथ युवा उद्ममी मञ्चको साझा धारणा बनाउने यो सम्मेलको मुख्य एजेण्डा रहेको संयोजक कसौधनले बताए । 

कार्यक्रममा देशभरका युवा उद्यमीहरू भेला हुनेछन् । भेलामा प्यारालाल ट्क, ललिङ्ग चेयर,कनेक्ट, पेसिडेन्ट मिट गरी ७ चेयर छलफल हुनेछ  । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका पूर्वउपाध्यक्ष सुरज वैद्म, रवि रायमाझी प्रमुख वक्ताहरू भएको उनले बताए । 

नेपाली युवा उद्यमी मंचले आफनो वार्षिक कार्ययोजना अनुरूप दुईदिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको राष्ट्रिय गर्भनिङ काउन्सिलका अध्यक्ष कुसल सुन्दर श्रेष्ठले बताए ।

नेपालभरमा रहेका १४ च्याप्टरबाट १८२ जना युवा उद्यमीहरू गोष्ठी र तालिममा सहभागी हुने छन् । काठमाडौं, विरगञ्ज, जनकपुर, ललितपुर, पोखरा, विराटनगर, चितवन, सुनसरी, कैलाली, काभ्रे, झापा, सुनसरी, नेपालगञ्ज, कैलाली र रूपन्देही गरी १४ च्याप्टरमा ८ सय ५० बढी युवा उद्यमीहरू रहेको युवा उद्यमी मञ्चका मिडिया चेयर मन्जिल विश्वकर्माले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise