२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फरकपत्रका अध्यक्ष न्यौपाने सम्मानित

ADV
मध्यान्ह
२०८१ भदौ १० गते २१:०९
फरकपत्रका अध्यक्ष न्यौपाने सम्मानित

काठमाडौं : फरकपत्र मिडियाका अध्यक्ष सुशान्त न्यौपाने सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा देखिएका विसंगति निराकरणमा उल्लेखनीय योगदानका साथै सामाजिक क्षेत्रमा क्रियाशील बने बापत तारकेश्वर–९ कोशुभकामना इङ्लिस बोर्डिङ स्कुलले सोमबार औपचारिक कार्यक्रमबीच सम्मान गरेको हो । यसका साथै एसईई परीक्षा २०८० मा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ पनि गरेको छ । 

कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्राचार्य कुमार ढकालले २१ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा १०० प्रतिशत उत्तीर्ण हुनु मात्र नभइ उत्कृष्ट जीपीए ल्याउन समेत सफल तारकेश्वरकै पहिलो विद्यालय भएको बताए । 

ढकालका अनुसार यस वर्ष विद्यालयले औसत ३.७६ जीपीए प्राप्त गरेको छ । शुभकामना स्कुलले २१ वर्षको इतिहासमा तारकेश्वर न.पा.मै उच्चतम जीपीए ल्याउने एक मात्र विद्यालय भएको उनको कथन थियो । 

ढकालले थपे, ‘काठमाडौं उपत्यकामा सर्वोत्कृष्ट १० मा पर्न सफल विद्यालय हो । शुभकामना स्कुलले अतिरिक्त क्रियाकलाप र शैक्षणिक क्रियाकलापहरूमा पनि उत्कृष्टता हासिल गर्दै आइरहेको छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कराँते खेलाडी एरिका यसै विद्यालयकी उत्पादन हुन् ।

आजको कार्यक्रममा विद्यार्थीहरूले शुभकामना स्कुल गीतबाट कार्यक्रमको प्रारम्भ गरी विविध गीत तथा नृत्यहरु पस्केका थिए ।

कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र खादा अर्पण गरिएको थियो । विद्यालयले कक्षा १० मा अध्यापन गराउने शिक्षकहरूलाई प्रशंसा–पत्र पनि प्रदान गरेको थियो । यसैगरी कार्यक्रमका अतिथि तथा विद्यालयका प्रमुख सल्लाहकार मदनकुमार अधिकारी सहित अन्य सल्लाहकार तथा सुभेच्छुकहरूलाई कदर–पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा शिक्षकहरूले गायनका साथै कविता वाचन गरेका थिए । विद्यालयका निर्देशक कृष्णप्रसाद अधिकारीले सहभागी अतिथि र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमको बिट मारेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise