२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्ष कार्यसमितिको दुईतिहाइ बहुमतबाट निलम्बित

Nada
२०८१ भदौ ११ गते १२:१५
Shares
जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्ष कार्यसमितिको दुईतिहाइ बहुमतबाट निलम्बित

पोर्चुगल : जनप्रगतिशील मञ्च पोर्चुगलको अगस्ट  २५ मा बसेको कार्य समितिको बैठकद्वारा गत फेब्रुअरीमा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता ढकाल सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतद्वारा निलम्बन गरिएको छ । 

ncell

अध्यक्ष ढकालले मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहरुलाई गालीगलौज गर्ने, एकलौटी ढंगबाट संगठन हित विपरीत क्रियाकलाप गरेको, संगठनको गोपनीयता भंग गरेको,आफू मञ्चको संयोजक हुँदादेखि समर्थक शुभेच्छुकहरूबाट सकलित आर्थिक हरहिसाब संगठनमा पेस नगरी आर्थिक अपचलन गरेकोलगायतका आरोप लगाउँदै बैठकले उनलाई संगठनको सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

बैठकले संगठनको विशेष अधिवेशन ६ महिनाभित्र गर्ने गरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमा सदस्यहरूमा रेशम बस्नेत, अनन्त तिवारी, दुर्गा पौडेल, सरिता शर्मा, युवराज खनाल, बुद्धि बरालीलगायत रहेका छन् ।

बैठकले तत्काल समितिको बैठक बसी संगठन विस्तारका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय गरेको छ । मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव गोविन्द अधिकारीले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर