२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

खुल्यो अवरुद्ध हेटौँडा–काठमाडौं सडक 

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १३:२७
खुल्यो अवरुद्ध हेटौँडा–काठमाडौं सडक 

बागमतीः पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौं सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो । 

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । 
 

ADVADV

सम्बन्धित खबर

Advertise