२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राष्ट्रपति पौडेलद्वारा भगवती रथजात्राको अवलोकन

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १४:३६
राष्ट्रपति पौडेलद्वारा भगवती रथजात्राको अवलोकन

पाल्पा : राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा आइपुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पाल्पा पुगेका हुन् ।

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवम् रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् ।

जात्राको अवलोकनसँगै राष्ट्रपति पौडेलले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले द फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पौडेलले खटयात्राको अवसरमा सबै नेपालीको सुख,शान्ति र कल्याणका लागि शुभकामना दिएको बताए । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

पोखरेलले राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेको पनि जानकारी दिए । 

नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise