२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिरहाका दुई लघुवित्त वित्तीय संस्थामा आगजनी र तोडफोड 

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १६:३२
सिरहाका दुई लघुवित्त वित्तीय संस्थामा आगजनी र तोडफोड 

सिरहा :  सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी गरिएको छ ।  गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेका हुन् । त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलाइएका छन् । 

करिब २० जनाको समूहमा आएका महिलाले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई-तीनजनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए ।   

यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुईवटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपालले घटनाको जिम्मा लिएको छ । 

सरकार र सङ्घर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू सङ्घर्षमा जान बाध्य भएको सङ्घर्ष समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए । उनले भने, “अर्थ मन्त्रालय, राष्ट्र बैङ्कका प्रतिनिधि र सङ्घर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।”

आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए । अराजक शैलीमा आगजनी भएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise