२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १६:४८
सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको इजलासले मंगलबार विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।

यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise