२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

Nada
२०८१ भदौ ११ गते १७:५७
Shares
अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौँ : ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ ।

ncell

विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरू भने सकुशल रहेको दूतावासले जनाएको छ । मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा छ ।,'

दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर