२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पोखरा र भैरहवामा ओमानबाट हवाई उडानको प्रस्ताव

ADV
शिव विक
२०८१ भदौ १२ गते ०६:३५
पोखरा र भैरहवामा ओमानबाट हवाई उडानको प्रस्ताव

काठमाडौं : नेपालले पोखरा र भैरहवामा ओमानबाट सिधा हवाई उडानको प्रस्ताव गरेको छ । 

ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीसँग सोमबार भएको द्विपक्षीय वार्ताका क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणाले भैरहवा र पोखरामा हवाइ उडानका लागि प्रस्ताव राखेकी हुन् ।

जवाफमा ओमानका विदेशमन्त्री बुसाइदीले यो प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै छलफल अघि बढाउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनीहरुबीच भएको वार्तामा वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको छ । सोही क्रमममा परराष्ट्रमन्त्री डा राणाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी हुन् । 

ओमानले पहिले पनि भैरहवामा हवाई उडान सुरु गरी केही समयपछि बन्द गरेको थियो । हाल नेपाल सरकारले भन्दै विदेशी एयरलाइन्सलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि आग्रह गरिएको हो । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने सकारात्मक जवाफ दिएका हुन् ।

वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा समेत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले नेपाली श्रमिकको हक, हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको छ ।  नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । 

ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको छ । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरी अगाडि बढ्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्री डा राणाले नेपालको प्राकृतिक सौन्दर्य, सगरमाथालगायत विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेको समेत बताएकी छन् ।

ओमानका विदेशमन्त्री मंगलबार नै काठमाडौँबाट प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । 

उनी परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमण गरेका उनले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise