२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

पत्रकार रेग्मी सम्मानित

shivam cement
मध्यान्ह
२०८१ भदौ ११ गते २२:०४
पत्रकार रेग्मी सम्मानित

लिस्बन : पोर्चुगलमा क्रियाशील युवा पत्रकार पुस्तक रेग्मी सम्मानित भएका छन् । युरोपाटीका अध्यक्ष एवम् सम्पादकसमेत रहेका रेग्मीलाई धुन नेपालले सम्मान पत्रले सम्मान गरेको हो । धुन नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको डिएन अन्तर्राष्ट्रिय अवार्ड–२०२४ को अवसरमा रेग्मीलाई सम्मान गरेको हो । सो अवसरमा विभिन्न विधामा कार्यरत व्यक्तिहरुलाई अवार्डसहित सम्मान गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको संस्थाले जनाएको छ । धादिङका रेग्मी युरोपेली मुलुक पोर्चुगलमा रहेर युरोपाटिसहित विभिन्न मिडियामा आबद्ध भइ पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । रेग्मीले युरोपमा रहेका प्रवासी नेपालीको अवस्था, नेपालीका सामाजिक गतिविधि, समसामयिक घटना तथा प्रवासमा नेपालीले भोग्नुपरेका समस्यालगायतका विषयमा कलम चलाउँदै आएका छन् ।

कार्यक्रममा कलाकर्मी र संगीतकर्मीहरूलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियोे । अवार्ड कार्यक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, आर.टी.एफ.सी फुटबल क्लबका अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट केलका सञ्चालक टेकबहादुर टमोटा, गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वमहिला संयोजक मेरा गिरी पुरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम धुन नेपालका अध्यक्ष डिआर सुजनको अध्यक्षतामा तथा कुलराज पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । धुन नेपालले हरेक वर्ष कलाकर्मी, संगीतकर्मीलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यसैबीच गीत, संगीत, कलाकारिता तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गोल्डेन म्युजिक अन्तर्राष्ट्रिय अवार्ड–२०२४ को अवसरमा म्युजिक ल्याबलेसमेत रेग्मीलाई सम्मान गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise