२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १३:०९
अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

काठमाडौँ : नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्  । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

यसअघि राष्ट्रपति पौडेलले साउन २५ गतेबाटै उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिएका थिए । सिग्देललाई सोही दिन प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise