२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी छानबिन समिति : जीवी राई बाहेक सबैको बयान सकियो, प्रतिवेदन लेखन कार्य शुरु

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १३:५९
सहकारी छानबिन समिति : जीवी राई बाहेक सबैको बयान सकियो, प्रतिवेदन लेखन कार्य शुरु

काठमाडौँ : सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य शुरु हुने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।

समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।

जीवी राई बाहेक सबैको बयान लिने काम सकिएको समितिले जनाएको छ । प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले नेकपा एमाले सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो । समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । तर‚ काम थालनी गरेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ सम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।

थापाको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (पहिले बद्री पाण्डे) र ईश्वरीदेवी न्यौपाने, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनेछ । 

 

यी हुन् बयान लिइएका ५० व्यक्ति

 


ADVADV

सम्बन्धित खबर

Advertise