२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एभिन्यूज खबरले भदौ १३ देखि १५ गतेसम्म तिज महोत्सव आयोजना गर्दै

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १४:२५
एभिन्यूज खबरले भदौ १३ देखि १५ गतेसम्म तिज महोत्सव आयोजना गर्दै

काठमाडौं : एभिन्यूज खबर टेलिभिजनले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा भदौ १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म तिज महोत्सवको आयोजना गर्ने भएको छ ।

महोत्सव काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा हुने एभिन्यूज खबरले जनाएको छ । एभिन्यूज खबरका अनुसार महोत्सवमा तिजको परम्परागत विशेषता झल्कने लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।  महोत्सवमा विभिन्न प्रकारका महिला उपयोगी सामग्रीहरुको प्रदर्शनी समेत गरिने बताइएको छ ।

कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुति दिने पनि एभिन्यूज खबरले बताएको छ । कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise