२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

प्लास्टिक प्रदूषण नियन्त्रण गर्न फेसन कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते २१:३६
प्लास्टिक प्रदूषण नियन्त्रण गर्न फेसन कार्यक्रम सम्पन्न

वीरगञ्ज : ‘भू–बहाली, मरुभूमिकरण र खडेरी प्रतिरोध’ विषय केन्द्रित रहेर ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ संयुक्त राष्ट्र वातावरण कार्यक्रमको विषय अनुरूप प्लास्टिक प्रदूषणमा केन्द्रित ‘ट्रासनिस्टा’ अर्थात् फोहोरबाट फेसन नामक कार्यक्रम सम्पन्न भएको छ । 

विश्व वातावरण दिवस २०२४ को अवसर पारेर लिभिङ विथ इन्भायरमेन्ट (वातावरणः जिउने आधार)ले सोमबार वीरगञ्जमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्यले कार्यक्रमको उद्घाटन गरेका थिए । 

क्रममा उपकुलपति डा.शाक्यले वातावरणीय सचेतनाका लागि लिभिङ विथ इन्भायरमेन्ट (वातावरणः जिउने आधार)ले गर्दै आएको कार्यक्रमको प्रशंसा गर्दै वातावारणीय संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्लास्टिक, कागज र पुरानो कपडा प्रयोग गरी नयाँ लुगाहरू बनाएर आफैँ लगाएर प्रस्तुत गरेका थिए । २० भन्दा बढी विद्यालयलाई सहभागिताको लागि आमन्त्रण गरियता पनि तीन वटा विद्यालय रोयल एकेडेमी, अल्पाइन स्कुल र सालोम स्कुलका विद्यार्थीहरु मात्र सहभागी भएका थिए । 

संस्थाले छिट्टै ‘इको च्याम्प’ नामक नयाँ परियोजना शुरु गर्ने संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताए । जसमार्फत विद्यार्थीले वातावरण र फिल्ड कामकाबारेमा थप जानकारी लिनेछन् । उनले यस परियोजनाले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विविध व्यक्तित्वसँग सम्बन्ध निर्माण गर्ने र विज्ञहरुबाट सिक्ने अवसर प्रदान गर्ने बताए ।

उनले संस्थाले १२ जून २०२४ देखि २५ जूनसम्म सदस्यता खोलेको जानकारी दिए । सदस्यका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र स्नातक तहका विद्यार्थीले फारम भर्न सक्नेछन् । उक्त फारम ‘लिभिङ विथ एन्वायरमेन्ट’ संस्थाको आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको संस्थाले जनाएको छ ।

संस्थाकी कार्यक्रम संयोजक अनामिका तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता चन्चला दास, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार राधेश्याम पटेल, संस्थाका लक्की बर्नवाल, आयुष्मा सोनी, प्राथना शाह, सुमन ठाकुर, उज्ज्वल राउत, धिरज कुशवाहा, बिक्की सिंहलगायतको  उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise