२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बँदेल मारेको आरोपमा पूर्वडीआईजी र बहालवाला सईसहित १० जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १३:३०
बँदेल मारेको आरोपमा पूर्वडीआईजी र बहालवाला सईसहित १० जना पक्राउ

काठमाडौँ : पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । जंगली जनावर बँदेलको चोरीसिकारमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले बुधबार मध्यराति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।

यसैगरी हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ । 

हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले उनीहरूको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३-०१-०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise