२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

प्रमाण भएकै कारण रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

shivam cement
मध्यान्ह
२०८१ भदौ १३ गते १६:०४
प्रमाण भएकै कारण रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा आफूहरुले तथ्य प्रमाण दिएकै कारण रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाइएको र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका हुन् ।

उनले भने, '९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’

सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । 

ADV

सम्बन्धित खबर

Advertise