२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रमाण भएकै कारण रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

Nada
२०८१ भदौ १३ गते १६:०४
Shares
प्रमाण भएकै कारण रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा आफूहरुले तथ्य प्रमाण दिएकै कारण रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

ncell

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाइएको र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका हुन् ।

उनले भने, '९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’

सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । 

ताजा खबर

सम्बन्धित खबर