२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठेकोबारे छानबिन गर्न समिति बनाऔं : बाँस्कोटा

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १६:१३
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठेकोबारे छानबिन गर्न समिति बनाऔं : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाइएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

बाँस्कोटाले महालेखापरीक्षकको कार्यालयले विद्युत प्राधिकरणको २२ अर्ब बेरुजु उठाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको आरोप लगाए ।

उनले सार्वजनिक लेखा समितिका सबै सदस्यहरू २२ अर्ब बेरूजु उठ्नुपर्नेमा एकमत रहेकामा प्रधानमन्त्री हुँदा प्रचण्डले दुई वटा पत्र लेखेर ‘उठाउनपर्दैन’ भनेको बताए ।

बाँस्कोटाले माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ र किन रहेछ भन्ने कुरा पनि प्रष्ट भएको बताए । लेखा समितिले हुँदैन भने शक्तिशाली छानबिन समिति गठन गर्नुपर्ने बाँस्कोटाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise