२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संगठनको प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्न महानिरीक्षक कुँवरको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १३ गते १६:३०
संगठनको प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्न महानिरीक्षक कुँवरको निर्देशन

सन्धिखर्क : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए ।

गृह जिल्ला अर्घाखाँचीको भ्रमणमा आएका कुँवरले अर्घाखाँचीको धार्मिक ऐतिहासिक सुपा देउराली, अर्घा भगवती मन्दिरको दर्शन गरेपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा आयोजित विशेष स्वागत समारोहलाई सम्बोधन गरेका हुन् । सो क्रममा महानिरीक्षक कुँवरले भने, 'प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस्, जनताको सेवा गर्ने प्रहरी हो भन्ने विश्वास दिलाएर काम गर्न तपाईंहरु लाग्नुहोस्, यो नै हामी सबैको हितमा हुन्छ ।'

उनले परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न पनि आग्रह गरे । महानिरिक्षक कुँवरले प्रहरीको काम, कर्तव्य, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, मानव अधिकारको संरक्षण, जिल्लामा शान्ति सुव्यवस्था, अपराध रोकथाम र नियन्त्रणमा परिस्थितिवश समाजमा देखापर्ने नवीनतम् सुरक्षा चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका साथै विपद्‍का घटनाहरुबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति, समुदाय-साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरूसँगको सहकार्यमा जनअपेक्षाअनुरुपको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेरसिंह कडायत, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख  श्याम बहादुर खत्री र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरलाई सन्धिखर्क नगरपालिकामा एक समारोहबीच स्वागत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उप-प्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठौरलगायत नगरपालिकाका कर्मचारीहरुले उनीहरुलाई स्वागत गरेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise