२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १६:४९
विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको दाबी गरेकी हुन् ।

उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पारिन् । 

मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको उल्लेख गरिन् । उनले विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनै पनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने दाबी गरिन् ।

 

ADVADV

सम्बन्धित खबर

Advertise