२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अर्घाखाँची खानेपानी सरसफाइ डिभिजनको प्रगति शतप्रतिशत

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ १३ गते २१:३२
Shares
अर्घाखाँची खानेपानी सरसफाइ डिभिजनको प्रगति शतप्रतिशत

अर्घाखाँची : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष २०८०/०८१  सम्पन्न गर्नुपर्ने सबै योजनाहरु सम्पन्न गरेको जनाएको छ । 
कार्यालय प्रमुख रामभरोस यादवले उक्त कुरा बताएका हुन् । कार्यालयका कर्मचारीहरुले गुणस्तरीयतामा कमी हुन नदिने गरी फिल्ममा खटिएर काम गरेपछि गत आर्थिक वर्ष शत प्रतिशत काम सम्पन्न भएको हो ।  

ncell

डिभिजनले अर्घाखाँचीमा अनुगमन निरीक्षण गरेर गुणस्तर काम भए÷नभएको प्राविधिक मूल्यांकन गरेर मात्रै यस आर्थिक वर्षमा रकम भुक्तानी गरेको डिभिजन प्रमुख यादवले जानकारी दिए । 

डिभिजनमा  कार्यालय प्रमुख इन्जिनियर रामभरोस यादव,  सवइन्जिनियर गोविन्द आचार्य,  विकास पौडेल, प्राविधिक राम प्रसाद पोख्रेलसहितका प्राविधिक कर्मचारीहरु नियमित रुपमा खानेपानीका कामहरु भएका साइडमा पुगि गुणस्तरीय काम गराउने गरेका शितगंगा नगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिए । डिभिजनका कर्मचारीहरुले राम्रो काम गराएको भन्दै उनिहरुलाई स्थानीय बासिन्दादेखि जनप्रतिनिधिहरुले खुलेरै प्रसंशा गर्ने गरेका सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का प्रकाश महत्राले बताए । 

प्रमुख यादवको  निर्देशनमा कर्मचारी प्राविधिक  फिल्डमा खटिने र गुणस्तरीय छिटोछरितो काम गराउने काममा आफुहरु दिनरात नभनी साइडमा पुगेर काम गरेको कार्यालयका सव इन्जिनियर गोबिन्द आचर्यले बताए । नियमित काममा निकै व्यस्त रहने कर्मचारीहरुका कारण अर्घाखाँचीमा खानेपानीले सोचेभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ भने खानेपानी योजना तोकिएको समय अवधिमा सम्पन्न हुने गरेका छन् ।

प्रमुख यादवसहितका कर्मचारीहरु बिहानदेखि बेलुकासम्म बिदाको दिनपनि नभनी उपभोक्ता र जनताहरुको काममा व्यस्त देखिने गरेको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको दाबी छ ।

ताजा खबर

सम्बन्धित खबर