२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उज्यालोको तिज क्यान्सरविरुद्ध

ADV
सुरेश भट्ट आश्रिन
२०८१ भदौ १४ गते १४:१३
उज्यालोको तिज क्यान्सरविरुद्ध

रुपन्देही : “उज्यालो लाल्टिन प्रतिस्ठान” रुपन्देहीले प्राणघातक रोग क्यान्सरविरुद्ध लडिरहेका कवि नवराज न्यौपानेको सहयोगार्थ हरितालिका तिजको दर खाने कार्यक्रम गर्ने भएको छ । 

सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका कवि न्यौपानेको सहयोगार्थ देवदह नगरपालिका र स्थानीय सहकारीले आयोजना गर्ने तिजको दरखाने कार्यक्रममा “सपनाका लहरहरू” कृति तिजको दरखान आउने महिलाहरूलाई लक्षित गर्दै पुस्तक स्टल सञ्चालन गर्न लागेको प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिइन् ।

काभ्रे निवासी कवि न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लडिरहँदा अस्पतालको शैयाबाटै उनले लेखेको पुस्तक “सपनाका लहरहरू-२” प्रकाशित भएको थाहा पाएपछि उपचाररत कवि न्यौपानेलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले पुस्तक बिक्री अभियान सञ्चालन गरिएको हो ।

देवदह नगरपालिका र सहकारीले शनिबार र आइतबार हरितालिका तिजको दर खाने कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम आउने आमा दिदीबहिनीहरुलाई कवि न्यौपानेको उपचारार्थ पुस्तक खरिद गरी सहयोग गरिदिन प्रतिष्ठानले आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise