२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मिडिया अलाइन्सद्वारा ऊर्जामन्त्री खड्कासँग भेट

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते २१:३५
मिडिया अलाइन्सद्वारा ऊर्जामन्त्री खड्कासँग भेट

काठमाडौं : मिडिया अलाइन्स नेपालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई भेटेर मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने जनचेतनामूलक तथा सार्वजनिक खरिदसम्बन्धी सूचना र विज्ञापनहरु निजी क्षेत्रका मूलधारका राष्ट्रिय दैनिकहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ ।

अलाइन्सको प्रतिनिधिमण्डलले शुक्रबार बिहान ऊर्जामन्त्री खड्कालाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।

मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री खड्कालाई भेटेर नेपालका निजी क्षेत्रका सञ्चारमाध्यमहरुको समस्याबारे अवगत गराउँदै सञ्चारमाध्यमहरुको बलियो खम्बाको रुपमा मानिने विज्ञापनमा ऊर्जा मन्त्रालय र मातहातका निकायहरुबाट गरिएको नियन्त्रण फुकाइदिन आग्रह गरेको हो ।

सूचना तथा विज्ञापन प्रवाहमा एकाधिकारी खडा नगरी निजी क्षेत्रका सबै आमसञ्चारमाध्यमहरुलाई जनचेतनामूलक तथा सार्वजनिक खरिदका सूचना उपलब्ध गराउने व्यवस्था मिलाइदिन अलाइन्सले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउँदै अलाइन्सका अध्यक्षा राजजकर्णिकारले लामो समयदेखि निजी क्षेत्रका मिडियाहरु भूकम्प, कोभिडलगायतका समस्याबाट थला परे पनि सरकारका सबै नियम पालना गरेर सूचना प्रवाह गरिरहेको र मिडिया सञ्चालनमा नै समस्या भएकाले सरकारले पनि यसप्रति चासो दिनुपर्ने बताए ।

विज्ञापन नै सञ्चारमाध्यमको एकमात्र आर्थिक स्रोतको माध्यम भएकाले सरकारी सञ्चारमाध्यमलाई मात्र नभइ निजी सञ्चारमाध्यमलाई पनि एकाधिकारबिना विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाउन अध्यक्ष राजकर्णिकारले ऊर्जामन्त्री खड्कासमक्ष आग्रह गरे ।

मिडिया अलाइन्सको मागमा ऊर्जामन्त्री खड्का सकारात्मक देखिएका छन् । उनले यसबारे सम्बन्धित सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने आश्वासन दिएका छन् । अहिलेको सरकार निजी क्षेत्रलाई आफ्नो अभिन्न अंग मानेर हिँडेको बताउँदै ऊर्जामन्त्री खड्काले निजी क्षेत्रको सबै समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए । उनले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पनि पहल गर्ने बताउँदै निजी क्षेत्रका मिडिया पनि निष्पक्ष ढंगले अघि बढ्नुपर्ने बताए ।

ऊर्जामन्त्री खड्कालाई भेट्न गएको मिडिया अलाइन्सको प्रतिनिधिमण्डलमा अध्यक्ष राजकर्णिकारसहित महासचिव दिरेकलाल श्रेष्ठ, कोषाध्यक्ष उज्ज्वल शर्मा, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, कान्तिपुर दैनिकका महेश स्वाँर, अन्नपूर्ण दैनिकका ससन थापा र राजधानी दैनिकका सचिन शेरचनको सहभागिता थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise