२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ललितपुरमा आजदेखि ‘श्रमधान रोजगार मेला’ 

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते ११:०६
ललितपुरमा आजदेखि ‘श्रमधान रोजगार मेला’ 

काठमाडौँ । ललितपुरमा आजबाट ‘श्रमधान रोजगार मेला’ सुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । 

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटेल एसोसिएसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन् । बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् । 

सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित विरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा सम्पन्न श्रम धान रोजगार मेला आज बागमती प्रदेशको ललितपुरमा सुरु हुँदैछ । मेला बुधबार सम्पन्न हुन लागेको हो । मेला प्रत्येक प्रदेशमा दुई-दुई दिन सञ्चालन भइरहेको हो । 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रोत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise