२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ललितपुरमा आजदेखि ‘श्रमधान रोजगार मेला’ 

Nada
२०८१ जेठ २९ गते ११:०६
Shares
ललितपुरमा आजदेखि ‘श्रमधान रोजगार मेला’ 

काठमाडौँ । ललितपुरमा आजबाट ‘श्रमधान रोजगार मेला’ सुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । 

ncell

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटेल एसोसिएसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन् । बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् । 

सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित विरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा सम्पन्न श्रम धान रोजगार मेला आज बागमती प्रदेशको ललितपुरमा सुरु हुँदैछ । मेला बुधबार सम्पन्न हुन लागेको हो । मेला प्रत्येक प्रदेशमा दुई-दुई दिन सञ्चालन भइरहेको हो । 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रोत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । 

ताजा खबर

सम्बन्धित खबर