२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्षमा खड्का सर्वसम्मत चयन

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १५ गते १६:२७
ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्षमा खड्का सर्वसम्मत चयन

दोहा, कतार : ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष दुर्गा प्याकुरेलको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट कुमार खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपाल खतिवडा, उपाध्यक्षमा दुर्गा गुरुङ, महिला उपाध्यक्षमा शिला गुरुङ, महासचिवमा सागर तुम्बाहाम्फे, सचिवमा विवश लिम्बू र केदार पौडेल, कोषाध्यक्षमा प्रकाश गुरुङ, सह कोषाध्यक्षमा चन्द्र पतङ्वा रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा गणेश खड्का, टीकाराम गुरुङ, सी.पी गुरुङ, खगेन्द्र सेन्दाङ, पासाङ लामा, दीपक प्रसाईं, योग्य कार्की र पासाङ सेर्पा रहेका छन् । नव कार्यसमितिलाई निर्वाचन समिति संयोजक राजेन्द्र समेखामले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको खुला सत्रमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले केही समय सुस्ताए जस्तो देखिए पनि ताप्लेजुङ समाज अग्रणी संस्था बन्ने विश्वास गरे । उनले ताप्लेजुङ विश्वकै मनोरम हिमशृंखला भएको र धार्मिकरूपमा पनि पवित्र जिल्ला रहेको बताउँदै एनआरएनए एनसीसीसँगको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । 

गोपाल खतिवडाले स्वागत मन्तव्य राखेको अधिवेशनमा मौसमी गुरुङ, सोनी आले मगर, सोनीया गुरुङ र गङ्गा राईले स्वागत नृत्य पेस गरे । अधिवेशनमा लिम्बू जातिहरूमा विशेष र शुभकार्यमा नाचिने केवाङ (च्याब्रुङ) नाच पेस गरिएको थियो । राजेन्द्र साम्याङखाम, चन्द्र पताङ्वा, जेल्सी सुब्बा, निलास लिम्बू, निरु लिम्बू, राधा लिम्बू, बिरेन मादेन, कविता मादेन र सुजन लिम्बूले च्याब्रुङ नृत्य गरेका थिए भने सुष्मा भुजेलले आफ्नो सांगीतिक प्रस्तुति दिइन् । 

कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिसहित शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले धार्मिक पवित्रस्थल पाथीभरासहित डा सन्दुक रुईत जन्मेको जिल्ला भन्दै पूर्वको अति प्रसिद्ध रहेको बताए । ताप्लेजुङ आफैंमा बहुभाषी बहुजाति र बहुसंस्कृतिको धनी जिल्ला रहेको हुँदा समाजले पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्न समेत सुझाव दिएका थिए । 

समाजका महासचिव कुमार खड्काले सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन गर्दै अध्यक्ष प्याकुरेलले नयाँ बन्ने कार्यसमितिलाई शुभकामना दिँदै थप सशक्त बनेर अगाडि बढ्न सुझाव दिँदै कार्यकाल सफल बनाउन सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise