२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मध्यान्ह दैनिकमा मनाइयो तिज (फोटोफिचर)

ADV
मध्यान्ह
२०८१ भदौ १५ गते १८:४८
मध्यान्ह दैनिकमा मनाइयो तिज (फोटोफिचर)

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकले शनिबार तिज विशेष कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कमलपोखरीस्थित मध्यान्ह दैनिकको कार्यालय परिसरमै 'तिज शुभकामना आदन प्रदान कार्यक्रम २०८१' आयोजना गरिएको हो ।

मध्यान्ह दैनिकका महिला कर्मचारी र पुरुष कर्मचारीका परिवारलगायतको उपस्थितिमा परिचयात्मक कार्यक्रम गरिएको थियो ।

साथै सो अवसरमा दर खाने तथा नाचगानलगातका कार्य गरिएको थियो । ‍मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले सहभागी सम्पूर्ण दिदी बहिनीलाई स्वागत गर्दै सौभाग्यको चुरा, टिका र पोते दिएर शुभकामना साटासाट गरेकी थिइन् ।

भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पूजा र आरधाना गरी मनाइने हरितालिका तिजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ ।

स्वयं पार्वतीले शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एवम् ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरेकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवम् धर्मालम्बीहरुमा रहेको छ । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको तिज पर्व केही समययता भने धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

यसलाई विकृतिको रुपमा नभइ सभ्य र संस्कार चाडको रुपमा मनाउन सकुन् मध्यान्ह दैनिकको सम्पूर्णलाई शुभकामना ।


ADVADV

सम्बन्धित खबर

Advertise