२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आँखा सुरक्षाबारे जानकारी दिन क्विज प्रतियोगिता

ADV
मध्यान्ह
२०८१ भदौ १५ गते २२:२१
आँखा सुरक्षाबारे जानकारी दिन क्विज प्रतियोगिता

रौटहट : आम मानिसहरुलाई आँखाको दिव्य ज्योतीलाई सुरक्षित राख्न तथा त्यसबारे यथेष्ट जानकारी दिन क्विज प्रतियोगिता सम्पन्न भएको छ । आफ्नो अमूल्य आँखाको सुरक्षा कसरी राख्न सकिन्छ भने जनचेतनामूलक क्विज प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिएको हो ।

परोहा नगरपालिकाको स्वास्थ्य शाखा र तराइ टप अनलाइनको आयोजनामा पहिलो पटक ‘हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सर्ट भिडियो अनलाइन यूट्यूव खुला प्रतियोगिताको नजिता प्रकाशन गरिएको छ । 

मूल आयोजक समितिले प्रकाशित गरेको नतिजा अनुसार रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्वर ९ का हाल नेपाल डिजिटल एजुकेशन प्रालि वीरगञ्जमा अध्ययनरत मानसी सिंह प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ घर भइ त्रिजुद्ध महादेव प्रसाद रघुविर राम टेक्नोलोजी सेकेन्डरी स्कुल वीरगञ्जमा अध्ययनरत प्रकाशकमार राउत दोश्रो भएका छन् । 

महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्वर २ भोलही घर भइ मोनास्टिक इन्टरनेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत आर्या पाण्डे तेश्रो स्थान हासिल गरेकी छिन् ।

यस्तै मोनास्टिक इन्टरनेशनल एकेडेमी गौर रौतहटका समूहगत भिडियो चौथो र महर्षी बालमिकी आवसीय माध्यमिक विद्यालय गौरका अनिशा कुमारी यादवले पाँचौ स्थान प्राप्त गरेकी छिन् । दुवै जनालाई सान्त्वना पुरस्कार दिइने आयोजक समितिले जनाएको छ ।

आँखालाई कसरी सुरक्षित राख्ने सम्बन्धी जनचेतना मूलक सर्ट भिडियो अनलाइन यू ट्यूब प्रतियोगिताका लागि २ सय ७६ भिडियो प्राप्त भएको थियो । जसमा भिडियोहरुको बढी भिउज भएका आधारमा नतिजा प्रकाशन गरिएको आयोजक समितिका पदाधिकारी एवं गौर आँखा अस्पताल कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः ५१ सय, २१ सय, ११ सय नगद र सो बराबरको शैक्षिक सामग्री उपहार दिइने छ ।  चौथो र पाँचौलाई सान्त्वना पुरस्कार स्वरुप जनही ११ सय नगद पुरस्कार दिइनेछ । २२ जना प्रतियोगीलाई एक सयको रिचार्ज कार्ड सम्मान स्वरुप दिइनेछ । 

अपलोड गरिएको भिडियोलाई भदौ १४ गते राति १२ बजेसम्म प्राप्त भएको भिउजको आधारमा नतिजा प्रकाशन गरिएको जानकारी संयोजक पाण्डेले दिए । चौथो र पाँचौ स्थान प्राप्त गर्नेलाई नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहबाट प्रदान गरिनेछ । 

साथै सञ्चार क्षेत्रमा सहयोग गर्ने दुई जना सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंह तथा दिलिप पाण्डेलाई सम्मान गरिने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise