२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अस्पतालको भवनबाट हाम फालेकी महिलाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १३:३४
अस्पतालको भवनबाट हाम फालेकी महिलाको मृत्यु

काठमाडौँ : ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको भवनबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

अस्पतालमा थाइराइडको क्यान्सर उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । 

हामफालेर गम्भीर घाइते भएकी तामाङको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकबाट भुइँमा हाम फालेकी थिइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise