२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १४:३७
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बनमा परेका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुनरावेदन गरेका छन् । 

रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर ढकालले पुनरावेदन दिएका हुन् ।

आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका छन् । ‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१-०३-२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ’, उनको निवेदनमा भनिएको छ ।

महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् । उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise