२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरु

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १६:४६
उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरु

डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गस्थित शेल गुम्बामा बाह्रवर्षे शे मेला शुरु भएको छ ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवं प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए ।

प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचाहन झल्काउने उनले बताए । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचारप्रचार हुने आयोजकले जनाएको छ ।

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने उपसमितिका संयोजक गुरुङले बताए । 

मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइतलगायत बौद्ध धर्मावलम्बीहरुका प्रमुख लामालगायत व्यक्ति पुगेका छन् । मेला चार दिनसम्म सञ्चालन हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise