२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रकाशले पाए घरमै नागरिकता

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १७:२२
प्रकाशले पाए घरमै नागरिकता

काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् चर्चामा आएका प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाणपत्र पाएका छन् । हराएको ३५ वर्षपछि आफ्नो परिवार भेटेपछि उनले भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) बाट नागरिकता पाएका हुन् । 

उनलाई घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् ।

तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाशले नागरिकता पाएसँगै बैंक खाता खोल्ने पाउने भएका छन् । प्रकाशलाई तीन दशकबढी आश्रय दिएका टासी दोर्जे लामाले खाता खुलेपछि १० लाख रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएर न्यानो बिदाइसहित चुमभ्यालीबाट बिदा गरेका थिए । 

चुमनुब्री गाउँपालिकाले पनि उनलाई १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । यस्तै, प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घरसमेत निर्माण हुने भएको छ । नागरिकता लिएसँगै प्रकाश प्रधानमन्त्री भेट्न काठमाडौँ आउन लागेका पत्रकार राजेश राईले जनाएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise