२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपाल पत्रकार महासंघको चुनाव असोज ५ गते

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २०:५६
नेपाल पत्रकार महासंघको चुनाव असोज ५ गते

काठमाडौं : नेपाल पत्रकार महासंघको चुनाव आगामी असोज ५ गते हुने भएको छ ।  अध्यक्ष विपुल पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै असोज ५ गतेलाई तोकिएको  जनाइएको छ । 

‘महसंघको सबैखाले अभियानमा महत्वपूर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । 

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको उनले स्वीकार गरेका छन् । 

‘महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु । शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको छु,’ उनले भनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise