२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तिब्बत प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा खोज्न सरकारको ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते १३:५६
तिब्बत प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै पक्राउ गरेका युवाको अवस्था बुझ्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘गोरखाको चुमनुब्री गाउँपालिका ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिना पहिला तिब्बतबाट फोन आयो । र, तिब्बतीयनहरूलाई फोन गराइएको रहेछ चीन प्रशासनले उहाँहरूलाई तिब्बततिर आउन भनियो र राप्के लामा र कर्मा छेदेन लामा जानुभयो । यो हाम्रो सरकारलाई जानकारी छैन । उहाँहरूको अवस्था कस्तो छ, कुन परिस्थितिमा जीवन गुज्रिरहेको छ । ज्यूँदै हुनुहुन्छ कि थाहा छैन । यसबारे सरकारले के पहल गर्ने हो ? म परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

ADVADV

सम्बन्धित खबर

Advertise