२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बाँकेमा तिजको रौनक : गुल्मेली समाजद्वारा दुई छात्रछात्रालाई पुरस्कार र सम्मान

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:१५
बाँकेमा तिजको रौनक : गुल्मेली समाजद्वारा दुई छात्रछात्रालाई पुरस्कार र सम्मान

नेपालगन्ज : बाँकेमा विगत दुई सातादेखि हिन्दू नारीहरुले नाचगानका साथ साँस्कृतिक पर्व तिज मनाइरहेका छन् ।

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जका कुनै पनि होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेस दुई सातादेखि तिजको नाचगान र दर खाने कार्यक्रमले भरिभराउ देखिन्छ । 

सोही महान पर्व तिजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा स्थानीय न्यू इन्द्रेणी होटेलमा तिज मिलन, पुरस्कार तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षता, ब्रह्माकुमारी विश्वविद्यालय नेपालकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगञ्ज केन्द्रकी प्रमुख ब्रह्माकुमारी दुर्गाको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभासद मीना श्रेष्ठको विशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका सदस्यहरुका १२ कक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्णलाई पुरस्कृत गरिएको छ । यस्तै गुल्मेली समाजका भजन किर्तन टोलीका ११ जनालाई पनि सम्मान गरिएको छ । 

स्थानीय प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा गत वर्षदेखि हरेक सोमबार साँझ भइरहेको महाआरती कार्यक्रममा गुल्मेली समाजका भजन किर्तन टोलीले भजन किर्तन गर्दै आएका छन् भने गत गाइजात्रा महोत्सवमा पनि उक्त टोलीले भजन किर्तन गरेर चर्चा कमाएको थियो ।

प्रमुख अतिथि ब्रह्माकुमारी दुर्गा र विशिष्ठ अतिथि श्रेष्ठले कक्षा १२ मा सर्वोत्कृष्ट अंक ३.३१ जिपिए ल्याएर उत्तीर्ण हिमनाथ पौडेल र पवित्रा पौडेलकी सुपुत्री भूमिका पौडेल र सर्वोत्कृष्ट अंक २.८५ जिपिए ल्याएर उत्तीर्ण देवीलाल मरासिनी र धनुमाया मरासिनीका सुपुत्र  विजय मरासिनीलाई जनही नगद रु.५ हजार एक सयसहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

गुल्मेली समाज सेवा समिति बाँकेका कोषाध्यक्ष प्रदीप सापकोटाका अनुसार समितिले हरेक वर्ष कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने १ जना छात्र र १ जना छात्रालाई हरेक वर्ष सम्मानका साथ पुरस्कृत गर्ने गरेको छ ।

प्रमुख अतिथि ब्रह्माकुमारी विश्वविद्यालय नेपालकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्ज सेवा केन्द्रकी प्रमुख ब्रह्माकुमारी वरिष्ठ राजयोगिनी दुर्गाले सहभागी महिलाहरुबीच उत्प्रेरणात्मक मन्तव्य व्यक्त गर्नु आफु यो समाजमा नारी शक्ति र महिमाको चर्चा गर्दै अहिले कलियुगको उत्कर्षमा भएकोले नारीहरु असरक्षित भएको चर्चा गरिन् । 

पवित्र तिज पर्वको अवसरमा आफुभित्रको रिस, राग द्वेस हटाएर सबैसँग प्रेम, सद्भाव राखेर आफुलाई भित्री रुपमा अझ बलियो बनाउने संकल्प गर्दै उनले व्रत बस्न आग्रह गरिन् । 

कार्यक्रममा समितिका संस्थापक संयोजक पूर्णलाल चुके, खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपति, संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतम, पूर्व अध्यक्ष भास्कर काफ्ले, रुपईडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कशौधन, दैनिक नेपालगन्जका स्तम्भकार मित्रलाल सापकोटा, अधिवक्ताद्वय ईश्वरी प्रसाद ज्ञवाली र बसन्त गौतम, पत्रकारहरु मधु पौडेल, पवन जायसवाल, वरिष्ठ व्यवसायी विष्णु प्रसाद गौतम लगायत करीब दुई सय बढीको सहभागिता रहेको थियो ।

समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित तथा उपाध्यक्ष भीमलाल कँडेलले स्वागत गरेको सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका पदाधिकारीहरु, गुल्मी जिल्लामा जन्म भई कर्मथलोको रुपमा बाँके जिल्लाको विभिन्न ठाउँमा रहेका गुल्मेलीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा विशिष्ठ अतिथि सभासद श्रेष्ठ र गुल्मेली महिलाहरुले मौलिक तीज गीत तथा एकल र सामूहिक नृत्य रुपमा प्रस्तुत गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise