२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

खोलामा फोहोर फाले टोखा नगरपालिकाले कारबाही गर्ने

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:५५
खोलामा फोहोर फाले टोखा नगरपालिकाले कारबाही गर्ने

काठमाडौं : टोखा नगरपालिकाले खोलामा फोहोर फाले कारबाही गर्ने भएको छ । सोमबार बसेको बैठकले खोलामा फोहोर फाल्नेहरुलाई नगरपालिकाको नीतिअनुसार तत्काल कारबाही गर्न नगर प्रहरीलाई निर्देशन दिएको हो । नगर प्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, वातावरण शाखा लगायतका कर्मचारीहरु, सामाजिक अभियन्ता, फोहोर संकलन कर्ताहरु र नगर प्रहरीसहितको बैठक बसेको थियो ।

यस्तै खोला किनार क्षेत्रमा सूचना बोर्डहरु राख्ने निर्णय समेत गरिएको छ । नगर प्रहरीलाई खोला करिडोर क्षेत्रमा बिहान बेलुका अनुगमनमा पठाउने पनि निर्णय भएको छ । 

यसैबीच टोखा नगरपालिकामा १७ औँ हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न भएको छ । बानियाँटार पुलदेखि मनोहरतिर्थ साङले खोला दोभानको क्षेत्रमा जनश्रमदानमा खोला सफाइ अभियान सम्पन्न भएको हो ।

सफाइ अभियानमा जनप्रतिनिधि, नगर प्रहरी, सशस्त्र प्रहरि, सामाजिक अभियन्ताहरु, लायन्स क्लव अफ काठमाडौं शुभारम्भ, फोहोरमैला संकलनका ८ संस्थाका सफाइकर्मीहरुको सहभागिता रहेको थियो । यस्तै २५ औँ हप्तामा सफाइकर्मीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

आगामी हप्ता साङले खोला क्षेत्रमा शुरु गर्ने र सो अभियानमा धेरै भन्दा धेरै सामाजिक अभियन्ता र स्थानीयहरुलाई सहभागिता जनाउन नगर प्रमुख प्रकाश अधिकारीले आह्वान गरेका छन् । तारकेश्वर वडा नं. ९, १० र ७ लाई पनि खोला सफाइमा जुट्न पत्राचार गर्ने नगरपालिकाले जनाएको छ ।

सफाइ कार्यक्रममा अझै बृहत्त बनाउन राजनीतिक दलहरु, टोल विकास समिति, महिला समुह, स्काउट, नेपाली सेना, कमृचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय संघ÷संस्थाहरुलाई अनिवार्य सहभागिता गराउन पत्राचार गरिने भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise