२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँफिकोट गाउँपालिकाले एक वर्षदेखि थन्किएका स्काभेटर र एम्बुलेन्स सञ्चालनमा ल्याउने

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २९ गते १४:५८
बाँफिकोट गाउँपालिकाले एक वर्षदेखि थन्किएका स्काभेटर र एम्बुलेन्स सञ्चालनमा ल्याउने

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा करिब एक वर्षदेखि थन्किएको स्काभेटर र एम्बुलेन्स गाउँपालिकाले सञ्चालनमा ल्याउने भएको छ । यस विषयमा पटक-पटक कार्यपालिका बैठकमा छलफल भएको र सबै प्रक्रिया पूरा गरेर स्काभेटर र एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकले मध्यान्हसँगको कुराकानीमा एम्बुलेन्सको ब्लुबुक नभएकाले यसका लागि खरिद गरिएको कम्पनीसँग कुरा भएको र गाउँपालिकाले आफ्नै नाममा पास गरेपछि साउनको पहिलो साताभित्र सञ्चालन गरिने बताए ।

बिग्रेको स्काभेटर भने मर्मत गरेपछि सञ्चालनमा ल्याइने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाको अपरेटर व्यवस्थापन पनि नभएकाले पनि सञ्चालनमा ढिलाइ भएको बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise